सरकारी विद्यालयमा थेगिनसक्नु चाप

तस्बिरः कान्तिपुर

काठमाडौँ — वैशाख लागेसँगै सबै विद्यालयलाई नयाँ शैक्षिक सत्रको चटारो छ । निजीले चैतबाटै भर्ना खोलेका छन्, सामुदायिकमा भर्ना अभियान जारी छ । सरकारले विद्यार्थी भर्नासँगै सामुदायिक विद्यालय सुधार तथा रूपान्तरणको अभियान भनेको छ ।

आम मानिसको धारणामा सरकारी विद्यालय 'निमुखाले पढ्ने' थलोझैं बनेका छन् । विशेषगरी सहरबजारका स्थानीयले छोराछोरीलाई निजी स्कुल पढाएका छन् । पछिल्लो समय सरकारी विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याइरहेका छन् । पठनपाठन शैली रूपान्तरण गरेका छन् । निजीमा भन्दा सरकारी विद्यालयमा विद्यार्थी/अभिभावकको आकर्षण बढदो छ । कतिपय विद्यालयमा विद्यार्थीको चाप थेगिनसक्नु छ । सरकारीमा कक्षा १० सम्म मासिक शुल्क तिर्नु पर्दैन । पाठ्यपुस्तक किन्नु पर्दैन । कतिपयले पोसाक, झोला, कापी, कलमजस्ता सामग्री पनि दिन्छन् ।

प्रकाशित मिति: : 2019-04-18 20:36:40

प्रतिकृया दिनुहोस्