मे ७ मा ०२० को डिभी लटरीको नतिजा : मे सेभन 'लक्की सेभेन' होला कि नहोला ?

स्केच: नेपालका लागि अमेरिकी दूतावास

सन् २०२० को डिभी लटरीको नतिजा आउँने दिनको उल्टो गणनाक्रम सुरू भैसकेको छ। 

अमेरिकी सूचना केन्द्रका अनुसार  सन् २०२० का लागि भरेको डिभी लटरीको नतिजा आउँदो मे ७ तारिख प्रकाशित हुने भएको छ।अमेरिकी पूर्वी समय दिउँसो १२ बजेदेखि डीभी लटरी परे नपरेको चेक गर्न सकिने छ।

यो नतिजा गत वर्षको अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म डिभी लटरी भर्नेहरूका लागि हो।

यसपटक डिभी लटरी पर्नेहरूले सन् २०१९ को अक्टोबर १ देखि मात्र अमेरिकाको भिसा पाउँन थाल्नेछन्। उनीहरूले सन् २०२० को सेप्टेम्बर अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नु पर्नेछ। अन्यथा उनीहरूले डीभी लटरी परे पनि कोटा प्रणालीका आधारमा भिसा पाउँने छैनन्। 

 

प्रकाशित मिति: : 2019-04-18 04:48:00

प्रतिकृया दिनुहोस्