नेपालको पहिलो 'टोर्नाडो' चितवनबाट सुरू भएर ९० किलोमिटर यात्रा गरेको थियो

तस्बिरः एजेन्सी

दुई साताअघि बारा र पर्सामा बबन्डर मच्चाएको विध्वंशकारी भूमरी ‘टोर्नाडो’ भएको विज्ञहरूको अध्ययनले देखाएको छ।

चैत १७ गते २८ जनाको ज्यान लिएको र सयौंलाई घाइते बनाएको उक्त भूमरीको स्वरूप अध्ययन गर्न पुगेको मौसमविद्को टोलीले स्याटेलाइटद्वारा खिचिएका तस्बिर, स्थानीय अनुभव र क्षतिको विवरणका आधारमा यस्तो निष्कर्ष निकालेको हो।

हुन्डरीको आकार, चौडाइ, वेग र तीव्रता विश्लेषणबाट यो टोर्नाडो नै भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा 'टोर्नाडो' रेकर्ड गरिएको यो पहिलोपटक हो।

प्रकाशित मिति: : 2019-04-17 17:04:57

प्रतिकृया दिनुहोस्