चार्ली बाँचेका भए आज १३० वर्षका हुन्थें !

विश्व प्रसिद्ध हाँस्य अभिनेता चार्ली चापलिनको आज १३०औं जन्म जयन्ती हो। उनको जन्म १६ अप्रिल सन १८८९ मा बेलायतमा भएको थियो।

संवाद नभएको चलचित्रको जमानामा उनी अफ्नो हाँस्यकलाको बेजोड अभिनयमार्फत प्रसिद्धिको चुलीमा पुग्न सफल भएका थिए। उनको फिल्मी जीवन ७५ वर्ष सम्म चलेको थियो। उनी धेरै प्रख्यात थिए र केही विवादास्पद पनि ।

चरम गरिवीबाट करोडपति बन्न सफल वेजोड हाँस्य अभिनेता उनै चार्ली च्यापलिनका बारेमा केही रोचक जानकारी उनीप्रति श्रद्धाञ्जलिस्वरूप प्रस्तुत गरिएका छन्। 

१.सन १९९२ मा बनेको चार्ली च्याप्लिनको जीवनीमा अधारित चलचित्र च्याप्लिनमा उनकी छोरी गेराल्डिने च्याप्लिनले चार्लीकी अमा हनाह च्याप्लिनको भूमिका निर्वाह गरेकी थिइन ।

२. चार्ली च्याप्लिनको वाल्यकाल चरम गरिवीमा वितेको थियो। उनका वावु उनीहरूसँग बस्दैन थिए भनेअमा पनि विरामी परिरहन्थिन।उनकी आमाले नाटकहरूमा सानोतिनो भूमिकामा केही समय अभिनय गरिन् भने वाबु लोकप्रिय गायक थिए।

३. चार्ली च्यापलिनका ४ जना पत्नीहरू र ११ जना सन्तान थिए। चारैजना पत्नी उनी भन्दा धेरै कम उमेरका थिए जसका कारण उनले धेरै अलोचना पनि खेप्नु परेको थियो।

४.च्याप्लिन बहुप्रतिभाशाली कलाकार थिए उनी अफ्ना चलचित्रको लेखन,निर्देशन,निर्माण, अभिनय संगै संगीत पनि भर्ने गर्दथे । उनका द गोल्ड रस, सीटी लाइटस,मोर्डन टाइम्स र द ग्रेट डिक्टेटर जस्ता चलचित्र सर्वकालीन महान चलचित्र हुन ।

५.वेजोड अभिनयले संसारलाइ हसाउने उनले अभिनयका लागि भने कहिल्यै अस्कर अवार्ड प्राप्त गरेनन।

६.विश्व प्रसिद्ध पत्रिका टाइमको कभरमा फोटो छापिने उनी पहिलो अभिनेता हुन यस अघि केवल राजनितिज्ञ र बैज्ञानिकको मात्र मुखपृष्ठमा फोटो छापिने गर्थ्यो।

७. अमेरिकामा १४ वर्ष भन्दा बढी बसेपनि उनले त्यहाको नागरिकता भने पाएनन। द मोर्डन डेज भन्ने चलिचत्र पछि उनी माथि कम्युनिष्ट विचारधारा वोकेको अरोप लागेको थियो।

प्रकाशित मिति: : 2019-04-16 20:48:47

प्रतिकृया दिनुहोस्