युरोपेली मुलुक स्लोभिनियाको राहदानी बोकेका एक दम्पती झन्डै दुई महिनाअघि टर्कीको इस्तानबुलबाट आएको एउटा विमानबाट काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए।
उनीहरूका साथमा १४ र चार वर्षका छोराहरू पनि थिए।
चारै जनासँग युरोपेली राहदानी भएकाले विमानस्थलस्थित नेपाली अध्यागमन कर्मचारीहरूले 'आगमन'को छाप लगाइदिए।
उनीहरू सबैले नेपालमा पर्यटकको हैसियत पाए।