आयल निगममा आधा दर्जन बेथिति

काठमाडौँ — नेपाल आयल निगमभित्र आधा दर्जनभन्दा बढी बेथिति रहेको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ । पेट्रोलियम ढुवानी, अनुदान, मूल्य स्थिरीकरण कोष, बोनसलगायत विभिन्न शीर्षकमा बेथिति देखिएको हो ।

प्रतिवेदनअनुसार निगम सञ्चालक समितिले विराटनगर, थानकोट र सिनामंगलको पेट्रोलियम पदार्थको भण्डारण नोक्सानी निर्धारण गरेको छ । समितिले सिनामंगल डिपोमा हवाई इन्धनको नोक्सानी ०.६२ प्रतिशत तोकेको थियो । ‘कार्यकारी निर्देशकले समितिको स्वीकृतिबेगर ०.८५ प्रतिशत तोकेको पाइयो,’ महालेखापरीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘२०७५ मा थानकोट, सिनामंगल र भैरहवामा समितिले तोकेको भण्डारणभन्दा बढी नोक्सानी देखाएकाले औसत बिक्री मूल्यअनुसार ३ करोड ६५ लाख असुल गर्नुपर्छ ।’

प्रकाशित मिति: : 2019-04-15 14:15:14

प्रतिकृया दिनुहोस्