सिंगापुरलाई नेपालले २१७ रनले हरायो

कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले आईसीसी यू–१९ एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा सिगांपुरविरुद्ध २ सय १७ रनको जित निकालेको छ । २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभरमा ६५ रनमा अलआउट भएपछि नेपालले २ सय १७ रनको सहज जित निकालेको हो । 

नेपालको जितमा कप्तान रोहित कुमार पोडेलले अर्धशतकीय पारी खेले । शतक बनाउन ५ रनबाट चुकेका रोहितले ७ चौका र १ छक्का प्रहार गरे । पवन सराफसँग उत्कृष्ट साझेदारी गरेका रोहितले ९५ रन बनाए । 

प्रकाशित मिति: : 2019-04-12 15:34:15

प्रतिकृया दिनुहोस्