काठमाण्डौमा जन्मेर यहीँ हुर्केकी ऋचा धमलालाई सानोमा कसैले ठूलो भएपछि के बन्छौ भनेर सोध्दा भन्नुहुन्थ्यो ‘शिक्षिका बन्छु ।’
केही समयपछि ऋचालाई लाग्थ्यो शिक्षिका हैन, डाक्टर बन्छु । त्यसपछिको उहाँको सपना थियो ठूलो भएपछि वकिल बन्ने । तर उहाँले रोज्नुभयो ‘धोबी’ अर्थात लुगा धुने काम ।