हार्वड केनेडी स्कुल छिर्ने बित्तिकै उनका आँखा चारैतिर नाच्न थाले । त्यहाँ केही अल्लारेजस्ता थिए, केहीचाहिँ प्रौढ । छालाको रङ्ग पनि फरक–फरक । सबै महादेशको नमुना रङ एउटै थालमा मिसिएजस्तो । मान्छेका पहिरन पनि त्यस्तै, नौरङ्गी फूलबारी भन्न मिल्ने । ती कहाँका होलान्, कस्ता होलान्, कति जान्ने होलान्, आँखाले दिएको सूचना दिमागमा खेलाउँदै थिए नेपाली युवा नेता गगन थापा ।
त्यतिखेरै एउटा सन्देश बज्यो–
‘ल अब डिनर इन द डार्कका लागि तयार हुनुस् !’