महिला दुर्व्यसनीलाई सुधार्दै सरिता

तस्बिरः देरसञ्चार

नेपालगञ्ज – सरिता चौधरी यतिबेला लागु औषधको कुलतमा फसेका महिलालाई सुधार्ने अभियानमा लागेकी छन् । नवदृष्टि महिला रिहाव सेन्टर सञ्चालन गरेर सरिता महिला दुर्व्यसनीलाई सुधार्ने काममा अघि बढेकी हुन् ।

सरिताले नवदृष्टि महिला रिहाव सेन्टर सञ्चालन गरेको चार महिना भएको छ । यो चार महिनामा दुई जना सुध्रिएर गएका छन् भने तीन जना सुध्रिने तरखरमै छन् । रिहाव सेन्टरमा राखेर उनीहरुलाई सुधार्ने काम भइरहेको छ ।

नेपालगञ्जमा महिला दुव्र्यसनी बढ्दै गएका छन् । नर्सिङ पास गरेकासम्म लागु औषधको दुर्व्यसनमा फसेको पाइएको छन् । दुर्व्यसनमा महिलाको संख्या बढ्दै गएको देखेपछि सरिताले यो सामाजिक समस्यालाई समाधान गर्ने पहल स्वरुप नवदृष्टि महिला रिहाव सेन्टर सञ्चालन गरेकी हुन् ।

प्रकाशित मिति: : 2019-04-12 10:04:04

प्रतिकृया दिनुहोस्