विप्लव समूहलाई सघाएको भन्दै चार महिने शिशुसहित महिला पक्राउ

सांकेतिक तस्बिर ।

धनगढी : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा समूहलाई सघाएको आरोपमा प्रहरीले चार महिने शिशु सहित एक महिलालाई पक्राउ गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका–५ की सीता देउकरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतलले केही दिन पहिले कैलालीमा भएको बस आगजनीमा सीताको देवर रुपलाल देउकरको संग्लता रहेको र उनलाई लुकाउन सघाएकाले पक्राउ गरेको बताए ।

प्रकाशित मिति: : 2019-04-11 21:30:26

प्रतिकृया दिनुहोस्