सगरमाथाले यस सिजनमा ३४ करोड ८३ लाख ७२ हजार २१२ कमाएको छ। सगरमाथा चढ्न जाने हरेक पर्तारोहीले भेटीस्वरूप नेपाललाई सरकारलाई केही सलामी तिर्नुपर्छ। त्यही नै सगरमाथाको कमाइ हो।
सरकारले सगरमाथा चढ्न जाने हरेक विदेशीलाई ११ हजार डलर र नेपालीलाई ७५ हजार रूपैया सलामी तोकेको छ।
यो सिजननमा १२ नेपालीसहित तीनसय आरोहीले सगरमाथा चढ्ने अनुमति लिएका छन्। उनीहरूमध्ये १२ नेपालीबाट रु नौ लाख र दुईसय ८८ विदेशीबाट ३४ करोड ७४ लाख ७२ हजार २१२ रुपैयाँ गरी ३४ करोड ८३ लाख ७२ हजार दुईसय १२ रूपैया सगरमाथाको यो सिजनको कमाइ भएको हो।
यस वर्ष नेपालका २० हिमालले ३९ करोड १५ लाख ४४ हजार १४५ रुपैयाँ कमाउँने भएका छन्।।