विमानस्थलमा दीपक मल्होत्राको रजाइँ-५ : बक्यौता भुक्तानीका लागि १८ पत्र पठाउँदा २ करोड मात्रै दाखिला

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको ५२ रोपनी जग्गामा रजाइँ गर्दै आएका व्यवसायी दीपक मल्होत्रालाई कार्यालयले हालसम्म २७ पत्र पठायो। जसमध्ये १८ पत्रमा रकम भुक्तानीको विषय उल्लेख छ। तर,उनले कुनै पत्रको जवाफ नदिएको खुल्न आएको छ। साथै, मल्होत्राले विमानस्थल कार्यालयको पत्रलाई बेवास्ता गर्दै जग्गा बापतको भाडा रकमसमेत तिरेका छैनन्।

विमानस्थल कार्यालयले मल्होत्रासँग २०६९ कात्तिक २ गते सम्झौता गरेको थियो। तर, सम्झौताको म्याद २०७२ माघ १ मा सकियो। त्यसपछि मात्रै रकम भुक्तानीदेखि अन्य आर्थिक कारोबारको विषय उल्लेख गर्दै कार्यालयले २७ पटक पत्र पठाइसकेको हो।

प्रकाशित मिति: : 2019-04-10 22:29:15

प्रतिकृया दिनुहोस्