निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन (#WhoKilledNirmala शृङ्खला २५)

  • महेन्द्रनगरबाट फर्किएर उमेश श्रेष्ठ र सविन ढकाल -

महेन्द्रनगर बजारबाट निर्मला पन्तको घर निम्बुखेडा नपुग्दै बीचमा आउँछ भगतपुर गाउँ। यहाँको पिच बाटोसँगै जोडिएर एउटा घर बनिरहेको छ। सटरसमेत रहेको घरको प्लास्टर सकिसकेको छ।

यो घरको सम्बन्ध निर्मला प्रकरणसँग पनि जोडिएको छ। 

बन्दै गरेको घर वीरबहादुर खुनाको हो। भीमदत्त नगरपालिकामा कुचिकार रहेका उनको आर्थिक अवस्था कमजोरै छ। सरकारले कमैया मुक्ति घोषणा गरेपछि मिलेको पाँच धूर जमिनमात्र थियो, उनीसँग। जागिरबाट कमाएको जति त खानामै खर्च भइहाल्थ्यो। 

निर्मला प्रकरणमा कञ्चनपुरमा आन्दोलन चर्कँदा प्रहरीको गोली लागी ज्यान गुमाउने १३ वर्षका सन्नी खुना वीरबहादुरकै छोरा हुन्।

प्रकाशित मिति: : 2019-04-09 21:04:46

प्रतिकृया दिनुहोस्