कालो चश्मामा चिटिक्क महर्जन!

सूर्यमाया महर्जन

थानकोटकी ८३ वर्षीया सूर्यमाया महर्जनलाई कालो चश्मा खुब सुहाएको थियो। निकै खुसी देखिएकी महर्जन आफ्नी छोरीसँग गफमा व्यस्त थिइन्।

मोतियाविन्दु भएपछि आँखा कम देख्न थालेकी उनी आँखाको अपरेसनपछि राम्रोसँग आँखा देख्नेमा ढुक्क छिन्। ‘खुसी लागेको छ, राम्रोसँग आँखा देख्नलाई डाक्टरले औषधि नछुटाई हाल्नु भनेको छ। अपरेसन गरिदिने डाक्टरलाई धन्यवाद’, हर्षित मुद्रामा दाहिने आँखाको अपरेसन गरेकी उनले डाक्टरलाई धन्यवाद दिन पनि भ्याइहालिन्।

प्रकाशित मिति: : 2019-04-09 20:44:42

प्रतिकृया दिनुहोस्