विदेशी सहायताका कृषि कार्यक्रम : आधा आयोजनाले कामै गरेनन्

विदेशी सहायतामा सञ्चालित कृषिका आधाभन्दा बढी आयोजनाको प्रगति निराशाजनक रहेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार वैदेशिक सहायताबाट १३ आयोजनाहरू सञ्चालनमा छन् ।

तीमध्ये ८ महिनाको वित्तीय प्रगतिको आधारमा ७ वटा रातो सूचीमा परेका छन् । न्यून प्रगति भएका आयोजनालाई मन्त्रालयले रातो सूचीमा राख्ने गरेको छ ।

‘धेरै आयोजनाहरूको प्रगति निराशाजनक छ । प्रस्तुत गर्न पनि अप्ठ्यारो लागेको छ,’ मन्त्रालयका सूचना अधिकारीसमेत रहेका प्रस्तुतकर्ता विनोद भट्टराईले भने । मन्त्रालयका वैदेशिक सहयोगमा सञ्चालित आयोजनाको कुल पुँजीगत खर्च ९ प्रतिशत मात्रै भएको छ ...

 

प्रकाशित मिति: : 2019-04-09 17:51:16

प्रतिकृया दिनुहोस्