बराक भन्छन्- 'मैले त्यसो गरे मिसेलले मलाई नै छोड्छिन् '

तस्वीर: पीएसजी

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले अब पनि आफू राजनीतिमा फर्कन चाँहे भने मिसेलले आफूलाई नै छोड्ने बताएका छन्।

जर्मनीको बर्लिनमा आयोजित एक सम्मेलनमा उनले फेरि ह्वाइट फर्कने सम्भावनाका बारेमा सोधिएको प्रश्नको उत्तरमा जब यसो भने हलभरि हाँसोको फोहोरा छुट्यो। तर, ओबामाले गम्भीर हुँदै अगाडि थपे- म पहिले नै अन्तिम राजनीतिक कार्यक्रममा सहभागी भइसकेको छु। अब म केबल सामाजिक कार्यमा मात्र सक्रिय रहने छु।

बाराक मात्र नभएर पत्नी मिसेललाई पनि उनी राष्ट्रपतिमा लड्नेबारे बारम्बार प्रश्न गर्ने गरिन्छ। तर, उनले आफूलाई यसमा रुचि नभएको बताउँदै आएकी छिन्।तर, धेरै अमेरिकी मिशेलमा त्यो सम्भावना देख्छन् र उनले चाहिन् भने अर्को एउटा इतिहास बन्न सक्ने ठान्छन्।

प्रकाशित मिति: : 2019-04-09 09:18:22

प्रतिकृया दिनुहोस्