चार भुटानी शरणार्थीलाई ५ हजार जरिवाना तिराएर नेपालबाट डिपोर्ट गर्ने निर्णय

अमेरिकाले डिपोर्ट गरेका चार जना भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराउँदै नेपालबाट डिपोर्ट गर्ने निर्णय भएको छ।

अध्यागमन विभागले डिपोर्ट भएका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरूङलाई सके अमेरिका नभए भुटानतिरै डिपोर्ट गर्ने निर्णय गरेको हो।

उनीहरूलाई ५(५ हजार जरिवानाका अलावा भिसा शुल्क र बिलम्ब शुल्कबापत दैनिक ८ डलर तिराउने पनि निर्णय भएको छ।


 

प्रकाशित मिति: : 2025-06-24 14:53:00

प्रतिकृया दिनुहोस्