विश्व पौडेल बने गभर्नर, आन्दोलन चर्काएर लिङदेनले प्रधानमन्त्री भगाउने (भिडियाे समाचार)

नेपाल राष्ट्र बैंकको गभर्नरमा कांग्रेस निकट डा. विश्व पौडेल नियुक्त भएका छन्।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलपछि पाैडेल गभर्नरमा नियुक्ति भएका हुन्। 

सत्तारुढ दल कांग्रेस-एमालेबीच नै कुरा नमिल्दा लामो समयदेखि गभर्नर सिफारिसको विषय पेचिलो बनिरहेको थियो। ओली-देउवाबीचको निर्णायक छलफलपछि गभर्नरमा पौडेलको नाम फाइनल भएको हो।

000

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ। 

सभाको मंगलबार बसेको बैठकले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेसँगै  सभामुख देवराज घिमिरेले बैठक जेठ १३ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्। 

विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा ४८ सांसदले भाग लिएका थिए। 

000

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन्।

चौधरीविरूद्ध रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।

गत जेठ १ गते पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका चौधरी मंगलबार आफै इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका हुन्।

000

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। 

स्पष्टीकरण पत्रमा गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा रोक्ने काम गरेको विषय उल्लेख गरिएको छ।  

स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा अवरोध गरेको आरोप लगाइएको छ।

000 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र दिवसको दिनदेखि सुरु हुने राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना पक्षधरको आन्दोलनले प्रधानमन्त्रीलाई नै भाग्न बाध्य पार्ने चेतावनी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङदेनले अबको आन्दोलन निर्णायक हुने र प्रधानमन्त्रीलाई नै भाग्न बाध्य बनाउने गरी आन्दोलन चर्काउने दाबी गरेका हुन्।

 एक्ला–एक्लै आउनभन्दा सपरिवार आन्दोलनमा सहभागी हुन उनकाे आग्रह थियाे। 

000

नेकपा एमालेका सचिव योगेश भट्टराईले ८४ को निर्वाचन अघिसम्म वर्तमान गठबन्धन कायमै रहने बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको सरकार बनाउनुको उदेश्य अझै पूरा नभएकाले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहने बताएका हुन्। 

कांग्रेस-एमाले ठूलो पार्टी भएकाले दुई दलले समान हिस्सेदारी खोज्नु स्वभाविक भएको उनकाे भनाइ थियाे। 

000

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका विरूद्व भएको टिप्पणी गरेका छन्। 

मंगलबार दाङमा आयाेजित एक कार्यक्रममा बाेजनताका विरूद्व भएको बताएका हुन्। 

राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको दाबी गर्दै गलत कुराका पक्षमा नलाग्न पाेखरेलकाे आग्रह थियाे। 

000

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।

बैङ्ककस्थित तर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको हो।

यससँगै ग्लोबल क्वालिफायरमा पुगिसेकको नेपाल एसिया छनोटको उपविजेतामा सीमित हुँदा थाइल्यान्ड भने च्याम्पियन बनेको छ।

प्रकाशित मिति: : 2025-05-20 20:41:00

प्रतिकृया दिनुहोस्