हरेक १२ वर्षमा एक पटक आयोजना हुने हल्चोक आकाश भैरवको विशेष जात्रा वैशाख १ गतेदेखि सुरु भएको छ।
पुरानो परम्परा अनुसार यो जात्रा पुरै वैशाख महिनाभर विभिन्न धार्मिक कार्यक्रमसहित मनाइन्छ।
जात्राको पहिलाे दिन वैशाख–१ गते हल्चाेक आकाश भैरवकाे गुठीको घर अगाडि नृत्य प्रदर्शन गर्नुपर्ने परम्परा छ।
दाेस्राे दिन हनुमानढोकामा नाच नचाइन्छ भने तेस्रो दिनदेखि काठमाडौंकाे विभिन्न स्थानमा नाच देखाउनेर वैशाखकाे अन्तिम दिन हल्चाेकमा फर्किने गरिन्छ।
दिनदिनै जात्राकाे लागि हल्चाेकबाट पितलकाे सन्द्रुकमा देउताकाे मुकुट, पाेसाक, गरगहना र हतियार राखेर काठमाडौं महानगरपालिका १८ वडा स्थित ताम्सपाखा ल्याउने गर्दछ। जात्रा सकिएपछि पुनः हल्चाेकमा नै लैजाने गर्दछ।
चण्डी, कुमारी, श्री हल्चाेक आकाश भैरव, गंगा, महाद्यः, पार्वती, आकाशदेवी, बाराही, महाकाली व दक्षिणकाली गरि दस देवगण हुन्छ।
नेपाल संवत् १०७ मा राजा गुणकामदेवले हल्चाेक आकाश भैरव देवगण स्थापना गरेकाे बंशावली लेखेकाे पाइन्छ।
राजा गुणकामदेवकाे सपनामा महालक्ष्मी देउताले भैरब देउता स्थापना गर्न आदेश दिनु भएकाे भनि वंशाबली लेखेको पाइन्छ।
भैरव पुजा गरेमा राज्यमा शत्रु भयबाट मुक्त हुन्छ भनि महालक्ष्मी देउताले आदेश दिएकाे भनि वंशाबली लेखेकाे पाइन्छ।
राजा अमर मल्लले श्री हल्चाेक आकाश १२ बर्ष जात्रा चलाएकाे भन्ने वंशाबलीमा लेखेकाे पाइन्छ।