शिक्षकहरूको नयाँवर्षः सडकबाटै शुभकामना आदानप्रदान

नयाँ शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँवर्ष २०८२ सडकमै मनाएका छन्।

जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरूले सडकबाटै शुभकामना आदानप्रदान गरेका हुन्।

यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले नयाँ वर्षका दिन आन्दोलनलाई निरन्तरता दिँदै नयाँ वर्ष सडकमै मनाएका हुन्।

नेपाल शिक्षक महासंघले यसपालीको नयाँ वर्ष सडकमा नै मनाउने गरी सर्कुलर गरेको थियो। आन्दोलनमा आएका शिक्षकहरूले प्रदेशस्तरीय अलग-अलग शुभकामना आदनप्रदान कार्यक्रम पनि राखेका छन्।

नयाँ वर्षको पहिलो दिन पनि आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन महासंघले सडक अवरुद्ध गरेरै आन्दोलन जारी राखेको छ।

प्रकाशित मिति: : 2025-04-14 14:49:00

प्रतिकृया दिनुहोस्