हङकङ टी-२०आई प्रतियोगिताको फाइनल: नेपाल र कुवेत खेल्दै

हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै छन्। खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।

आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले २ जित निकाल्दा १ खेल नतिजाविहीन भएको थियो। कुवेतले २ जित निकाल्दा नेपालसँग पराजित भयो।

पहिलो खेलमा कतार तथा दोस्रो खेलमा कुवेतलाई हराएको नेपालले शनिबार हङकङसँग खेल्दै गर्दा वर्षाले खेल रोकिएपछि त्यसपछि सुरु हुन सकेन र दुवै टोलीले अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक भयो र चार टिममा शीर्षमा रह्यो। हङकङ र कतारलाई हराएको कुवेत ४ अंकसहित दोस्रो हुँदा आयोजक हङकङ भने ३ अंकमै सीमित रहेर फाइनल पुग्न सकेन।

यसै वर्ष हुने आईसीसी टी-२० विश्वकप छनोटको तयारीका रूपमा नेपालले विभिन्न शृंखला तथा अभ्यास खेलहरू खेल्ने तय भएका छन्। यस प्रतियोगिता पनि त्यही तयारीको सुरुवाती हो।

प्रकाशित मिति: : 2025-04-13 08:15:00

प्रतिकृया दिनुहोस्