रातभरि दन्किरह्याो प्लाइ उद्याेगमा आगाे

Break n Links
Break n Links

दाङको खैरास्थित एउटा प्लाइ उद्योगमा भीषण आगलागी भएको छ। घोराही उपमहानगर-९मा रहेको सांग्रिला प्लाइ उद्योगमा सोमबार बिहान साढे एक बजेतिर लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन। 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार त्यहाँ मानवीय क्षति भने भएको छैन। आगो निभाउने कार्य भइरहेका कारण क्षतिको विवरण पनि एकीन भइसकेको छैन। 

विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी उद्योग सञ्चालकले दिएका छन्। 

अनुसार आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहेको छ। सबै नगरपालिकाहरूको दमकल पनि परिचालित भएका छन्। प्रहरीले आगाव नियन्त्रणमा लायाउनका लागि छिमेकी जिल्लाका दमकलहरू पनि बोलाएको जनाएको छ। 


 

प्रकाशित मिति: : 2025-03-24 07:55:00

प्रतिकृया दिनुहोस्