बिएल संवाददाता
प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहिबार बेलुका काठमाडौं आइपुगेका छन्।
शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन्।
नेपाल आइपुगेका अलीले नेपाल आफ्नाे मनकाे नजिक रहेकाे बताए। उनले नेपाल संसारकै सुन्दर देश समेत भएको जिकीर गरे।
उनले भने, ‘नेपाल मेरो दिलको नजिक छ। नेपाललाई म धेरै माया सम्मान समेत गर्छु। नेपाल संसारकै सुन्दर देश लाग्छ मलाई। मेरो गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र भगवानको कृपा छ।’
११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए।
अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ।
अलीले पहिलोपटक नेपालमा प्रस्तुति दिन लागेका हुन्। अलीसँगै उनका छोरा अमिर र नाती नाजिरले पनि प्रस्तुति दिने कार्यक्रम छ।
उनका सबैभन्दा प्रसिद्ध गजलहरू मध्ये ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’ र ‘ये दिल ये पागल दिल मेरा’ समावेश छन् जसलाई बलिउड फिल्महरूमा पनि फिचर्ड गरिएको छ। यसबाहेक उनले मनमोहक पञ्जाबी गीत गाएका छन्।
उनले तत्कालिन नेपाली राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्वीर’ पनि गाएका छन्, जुन नेपालमा निकै रुचाइएको गीतमध्ये पर्छ।
यो गीतका संगीतकार दीपक जंगमलाई समारोहमा विशेष सम्मान प्रदान गरिने भएको छ। जंगमले अलीका ४ गीतमा शब्द रचना तथा संगीत दिएका छन्।
टिकटबाट संकलित रकमको केही हिस्साबाट गायन र नृत्यमा लागिरहेका बच्चालाई १ वर्षको छात्रवृति दिइने भएको छ। टिकट व्यवस्थापन इसेवाले गर्नेछ। टिकट मुल्य ५ हजारदेखि दुई लाखसम्म राखिएको छ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया