बिएल संवाददाता
दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीको शर्मनाक हारपछि पूर्वमुख्यमन्त्री तथा पार्टीका प्रमुख नेता अरविन्द केजरीवालले हार स्वीकार गरेका छन्।
सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उनले हार स्वीकार गरेका हुन्। उनले भिडियो सन्देशमा जनताको निर्णय जे भएपनि विनम्रताका साथ स्वीकार गर्ने बताए।
केजरीवालले भने, ‘भारतीय जनता पार्टीलाई जितको लागि बधाई दिन्छु। मलाई आशा छ- उनीहरूले सबै आशा र अपेक्षाहरू पूरा गर्नेछन्। जनताले दिएको अवसरमा हामीले विगत १० वर्षमा धेरै काम गर्यौं, शिक्षा, स्वास्थ्य, पानीको क्षेत्रमा। त्यस्तै हामीले दिल्लीको पूर्वाधारको लागि पनि काम गर्यौँ।’
उनले आफूहरू सत्ताको लागि राजनीतिमा नआएको दाबी गर्दै संसदमा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने र समाजसेवाका काममा बढी ध्यान दिने प्रतिवद्धता गरे।
२७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा)को पुनरागमन हुने लगभग निश्चित बनेको छ। भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जित निकाल्दा ४६ सिटमा अग्रता लिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले साँझ ७ बजे पार्टी मुख्यालय पुगेर कार्यकर्ताहरूलाई सम्बोधन गर्नेछन्।
आम आदमी पार्टीले पनि २ सिट जित्दा २० सिटमा मात्र अग्रता लिएको छ। नयाँ दिल्लीबाट आपमा प्रमुख नेता केजरीवाल पनि पराजित भएका छन्।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया