अमेरिकामा अर्को विमान दुर्घटनाः यात्रुहरू जीवित नरहेको आशंका

अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स (विमान) दुर्घटना भएको छ। दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ।

जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ। विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए। उनीहरूको अवस्थाबारे हालसम्म पुष्टि भएको छैन।

उनीहरू मेक्सिकोको तिजुआनामा आफ्नो घर जाँदै थिए।

लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड–ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको र स्थानीय समयानुसार साँझ ६ः३० बजेतिर दुर्घटनाग्रस्त एफएएले विज्ञप्तिमार्फत जनाएको छ।

घटनापछि आपतकालीन सेवाहरू घटनास्थलमा आगो निभाउन सक्रिय भएका थिए। विमानले उक्त क्षेत्रका धेरै भवनहरू र कारहरूलाई ठक्कर दिएको थियो। 

गत बुधबार राति मात्रै अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर खस्दा ६७ जनाको मृत्यु भएको थियो। (डेलीमेल)

प्रकाशित मिति: : 2025-02-01 12:09:00

प्रतिकृया दिनुहोस्