बिएल संवाददाता
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले माओवादी पार्टी फुट्न लागेको दाबी गरेका छन्।
शनिबारबाट राजधानीमा सुरु भएको एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले माधव नेपालको आडमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो गतिविधि गरेपनि दुवैको पार्टी फुटको संघारमा पुगेको दाबी गरेका हुन्।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा १५-१६ सांसद र नेकपा एसका ७ सांसदले विद्रोहको तयारी गरिरहेको उनको दाबी छ।
बस्नेत भन्छन्, ‘तपाईं (प्रचण्ड) माधव नेपालको आडमा यस्ता कुरा गर्दै हुनुहुन्छ। तपाईंकै पार्टीका जनार्दन शर्मालगायत क्रान्तिकारी साथीहरूलाई तपाईं सम्झाउन सक्नुहुन्छ? तपाईंका पार्टीका १५-१६ सांसदले विद्रोह गर्ने स्थिति बन्दैछ। माधव नेपालको पार्टी हो कि क्लब हो? तपाईंका पार्टीका ७ सांसद हात उठाएर पार्टी छाड्न तयार भइसकेका छन्।’
यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने वर्तमान सरकार ढल्ने दाबीसहित देश दौडाहामा छन्। जता गएपनि २०६४ सालकै निर्वाचनको झल्को देख्न लागेको उनको दाबी छ। ०८४ सालको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने पनि उनको दाबी छ।
जता पनि ०६४ कै झल्को देख्छु- प्रचण्ड भिडियोः
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया