बिएल संवाददाता
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले माओवादी पार्टी फुट्न लागेको दाबी गरेका छन्।
शनिबारबाट राजधानीमा सुरु भएको एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले माधव नेपालको आडमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो गतिविधि गरेपनि दुवैको पार्टी फुटको संघारमा पुगेको दाबी गरेका हुन्।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा १५-१६ सांसद र नेकपा एसका ७ सांसदले विद्रोहको तयारी गरिरहेको उनको दाबी छ।
बस्नेत भन्छन्, ‘तपाईं (प्रचण्ड) माधव नेपालको आडमा यस्ता कुरा गर्दै हुनुहुन्छ। तपाईंकै पार्टीका जनार्दन शर्मालगायत क्रान्तिकारी साथीहरूलाई तपाईं सम्झाउन सक्नुहुन्छ? तपाईंका पार्टीका १५-१६ सांसदले विद्रोह गर्ने स्थिति बन्दैछ। माधव नेपालको पार्टी हो कि क्लब हो? तपाईंका पार्टीका ७ सांसद हात उठाएर पार्टी छाड्न तयार भइसकेका छन्।’
यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने वर्तमान सरकार ढल्ने दाबीसहित देश दौडाहामा छन्। जता गएपनि २०६४ सालकै निर्वाचनको झल्को देख्न लागेको उनको दाबी छ। ०८४ सालको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने पनि उनको दाबी छ।
जता पनि ०६४ कै झल्को देख्छु- प्रचण्ड भिडियोः
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया