बिएल संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाली टीमका भरपर्दा लेग स्पिनर सन्दीप लामिछानेमाथि क्यानले एक घरेलु खेलमा प्रतिबन्ध लाग्न सक्ने क्यान स्रोतले बताएको छ। त्यस्तै उनलाई डिमेरिट प्वाइन्ट पनि दिइने छ।
क्यानले पहिलोपटक आयोजना गरेको रेड बल म्याच जय ट्रफीका क्रममा अम्पायरको निर्यणप्रति सन्दीपले सार्वजनिक असन्तुष्टि व्यक्त गरेका थिए। उनको हर्कत खेलाडी आचारसंहिता विपरित भएको भन्दै अहिले नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई स्पष्टिकरण सोधेको छ।
एक साताको समय दिइएको स्पष्टिकरणमा सन्दीपले जवाफ ढिला गरी पठाएका छन्। जवाफ पठाउनुको साटो उनले क्यानप्रति असन्तुष्टि जनाउँदै सन्न्यासको धम्की दिएर ब्ल्याकमेलिङमा लागेको क्यान स्रोतको आरोप छ।
क्यान स्रोत भन्छ, ‘अम्पायरको निर्णय चित्त नबुझेमा गुनासो गर्ने निकाय हुँदाहुँदै सार्वजनिक टिप्पणी गर्नु खेलाडीको आचारसंहिता होइन। उहाँ जत्तिको खेलाडीले नै नियम पालना नगर्ने हो भने अराजकता बढ्छ। उहाँको जवाफ आएको छ। के कारबाही गर्ने भन्ने निर्णय हुन्छ।’
क्रिकेट खेलाडी आचारसंहितामा अम्पायरको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएमा एक म्याचको प्रतिबन्ध लाग्ने व्यवस्था छ। उनले घरेलु खेलमा आचारसंहिता उल्लंघन गरेकोले उनीमाथि घरेलु खेलमै प्रतिबन्ध लाग्ने स्रोतले बतायो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया