
बिएल संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाली टीमका भरपर्दा लेग स्पिनर सन्दीप लामिछानेमाथि क्यानले एक घरेलु खेलमा प्रतिबन्ध लाग्न सक्ने क्यान स्रोतले बताएको छ। त्यस्तै उनलाई डिमेरिट प्वाइन्ट पनि दिइने छ।
क्यानले पहिलोपटक आयोजना गरेको रेड बल म्याच जय ट्रफीका क्रममा अम्पायरको निर्यणप्रति सन्दीपले सार्वजनिक असन्तुष्टि व्यक्त गरेका थिए। उनको हर्कत खेलाडी आचारसंहिता विपरित भएको भन्दै अहिले नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई स्पष्टिकरण सोधेको छ।
एक साताको समय दिइएको स्पष्टिकरणमा सन्दीपले जवाफ ढिला गरी पठाएका छन्। जवाफ पठाउनुको साटो उनले क्यानप्रति असन्तुष्टि जनाउँदै सन्न्यासको धम्की दिएर ब्ल्याकमेलिङमा लागेको क्यान स्रोतको आरोप छ।
क्यान स्रोत भन्छ, ‘अम्पायरको निर्णय चित्त नबुझेमा गुनासो गर्ने निकाय हुँदाहुँदै सार्वजनिक टिप्पणी गर्नु खेलाडीको आचारसंहिता होइन। उहाँ जत्तिको खेलाडीले नै नियम पालना नगर्ने हो भने अराजकता बढ्छ। उहाँको जवाफ आएको छ। के कारबाही गर्ने भन्ने निर्णय हुन्छ।’
क्रिकेट खेलाडी आचारसंहितामा अम्पायरको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएमा एक म्याचको प्रतिबन्ध लाग्ने व्यवस्था छ। उनले घरेलु खेलमा आचारसंहिता उल्लंघन गरेकोले उनीमाथि घरेलु खेलमै प्रतिबन्ध लाग्ने स्रोतले बतायो।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया