अनलाइन प्लेटफर्मका श्रमिकको हकहितका लागि ‘राइडर्स युनियन नेपाल’ गठन

Break n Links
Break n Links

नेपालमा अनलाइन प्लेटफर्ममा आधारित राइड सेयरिङ, कुरियर सेवा, खाना डेलिभरी र अन्य अनलाइन सेवामा कार्यरत श्रमिकहरूको हकहित र अधिकारको रक्षा गर्न ‘राइडर्स युनियन नेपाल’ गठन भएको छ।

युनियनको उद्देश्य अनलाइन प्लेटफर्मसँग सम्बन्धित सेवामा काम गर्ने श्रमिकहरूको कामको अवस्था सुधार गर्न र उनीहरूको हकहित सुनिश्चित गर्नु रहेको बताइएको छ।

नेपाल ट्रेड युनियन महासंघसँग सम्बन्धित यो युनियन नेपालका विभिन्न शहरहरूमा कार्यरत राइडर्स, डेलिभरी ब्वाइ, र अन्य श्रमिकहरूको अधिकारको संरक्षणमा सक्रिय रहनेछ। युनियनका सदस्यहरूले कामको समयमा गरिने शोषण, असुरक्षित कार्य अवस्था र न्यूनतम तलबका मुद्दामा संघर्ष गर्नेछन्।

राइडर्स युनियन नेपाल, माधबप्रसाद पाण्डेको नेतृत्वमा  गठन गरिएको छ। अध्यक्ष पाण्डेले यस युनियनको स्थापनासँगै अनलाइन सेवामा काम गर्ने श्रमिकहरूको अधिकार र सुरक्षामा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै, युनियनका सदस्यले श्रमिकहरूको हकको पक्षमा आवाज उठाउँदै, उनीहरूको कामका लागि उचित मूल्य र सम्मान सुनिश्चित गर्ने कसम खाएका छन्।

यस युनियनको गठनले नेपालमा अनलाइन सेवा प्रदायक संस्थाहरूकाबीच श्रमिकहरूको कामको अवस्था सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षासमेत गरिएको छ।

प्रकाशित मिति: : 2025-01-21 12:35:00

प्रतिकृया दिनुहोस्