बिएल संवाददाता
नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ गतेदेखि हुने भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गतेदेखि नेपाल कबड्डी लिग हुन लागेको हो।
नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घनश्याम रोका मगरले नेपाल कबड्डी लिग नेपालमा पहिलो पटक हुन लागेको हुनाले उत्साहित रहेको बताए।
एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणामा विभिन्न छ सहरका छ टिमले प्रतिस्पर्धा गर्दैछन्।
एनकेएलको उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्स भिड्ने भएका छन्। विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ भने जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्स विरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा ‘डेब्यु’ गर्नेछ।
राउन्ड रोबिन लिगमा १५ खेल हुने छन्, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन्। लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफाइर १ खेल्नेछ, जसको विजेता सिधै फाइनलमा पुग्नेछ।
त्यसैगरी लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफाइर २ मा पुग्नेछ।
क्वालिफाइर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेताबीच माघ १६ गते हुने क्वलिफाइर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ। फाइनल खेल भने आगामी माघ १८ गते हुनेछ।
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया