जाजरकाेटमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको शाखा स्थापना भएकाे छ।
कम्पनीले सातै वटा प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्यका साथ जाजरकाेटकाे रातामाटामा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरेको हाे।
उक्त शाखामार्फत कम्पनीले जाजरकोटलगायत कर्णाली प्रदेशका अन्य जिल्लामा उप्लब्ध हुने उच्च महत्व भएका जडीबुटीहरूको संकलन, भण्डारण र प्रशोधन कार्य गरेर भविष्यमा जडीबुटीहरूको व्यवसायिक खेती विस्तार गरी स्थानीय कृषक र जडीबुटी संकलकहरूलाई लाभान्वित गराउने लक्ष्य राखेको छ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिर्थी वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले जडिबुटी प्रशोधन केन्द्रले स्थानीय रोजगार वृद्धि हुने र वन क्षेत्रमा उत्पादन हुने जडिबुटी संकलनकर्तालाई बिक्री गर्न सहज हुने बताएका थिए।
जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको उदघाटन गर्दै उनले कर्णाली क्षेत्रमा यार्सा, भोल्ते, कटुकी, वन लसुन, गुच्ची, च्याउ जस्ता बहुमूल्य जडिबुटी प्रशस्त मात्रामा पाइने भएकाले त्यसकाे उचित व्यवस्थापन गरेर लाभ लिन सकिने विश्वास राखेका थिए।
त्यसैगरी जडीबुटीले पनि देशको अर्थतन्त्र धान्नसक्ने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी महाप्रबन्धक संगीता यादवकाे भनाइ थियाे।