काठमाडौंमा भूकम्पको ठूलो धक्का

Break n Links
Break n Links

काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ।

लामो समयसम्म भूकम्पको धक्का महसुस भएको छ।

पटकपटक गरेर लगातार ठुलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्प गएको हो। भूकम्पविद् भरत कोइरालाका अनुसार भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो।

यो भूकम्को धक्का नेपालको पूर्वी भाग, काठमाडौं उपत्यका, चीनको सीमा क्षेत्र र भारतको सिक्किम, दार्जीलिङमा पनि महसुस भएको छ।
 

प्रकाशित मिति: : 2025-01-07 07:01:00

प्रतिकृया दिनुहोस्