नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिभन्दा पर बस्न सुझाव दिएका छन्।
शुक्रबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित पुस्तक ‘आमा, सपना र ताराहरू’ लोकार्पण कार्यक्रममा बाेल्दै महामन्त्री शर्माले राजनीतिभन्दा माथि सामाजिक परिवर्तनको नायक बन्ने अवसर भएकाे बताए।
‘याे मेरो शुभकामना छ। राजनीतिमै फेरि आउन चाहनुभएको हो कि साथीहरूले इच्छा राख्नुभएको हो कि भन्ने पनि चर्चा छ। यहाँको स्वतन्त्रताको म सम्मान गर्छु। तर यदि कसैले साेध्छ, मलाई तिम्रो देशको शीतल निवासबाट निक्लिएको पूर्वराष्ट्रपतिहरूले के गर्नुपर्छ भन्याे भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको छ ताकी कुनै आमाहरूले कुनै पीडा त्यो प्रकारकाे भोग्न नपरोस्। राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा छ। राजनीतिभन्दा पर, राजनीतिभन्दा माथि सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि छ’, उनले भने।