एकीकृत समाजवादी र वामदेवबीचको वार्ता सहमति नजिक

नेकपा (एकीकृत समाजवादी) पार्टी र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीचको वार्ता सकारात्मक भएको छ।

मंगलबार आलोकनगरमा शीर्ष नेतासँग भएको छलफलपछि भएको सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गौतमले वार्ता धेरै सकारात्मक रहेको भन्दै चाँडै पार्टी एकता हुने जानकारी दिए।

उनले भने, ‘टुंगिएको नभनौँ, तर धेरै सकारात्मक कुरा भएको छ। समझदारी विकास गर्ने सहमति भएको छ। अब छिट्टै पार्टी एकता हुनेछ। धेरै समय कुर्नु पर्दैन अब।’

गौतमका अनुसार छलफल सहमति नजिक पुगेको छ। आज भएको छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकी काम सम्पन्न गर्ने उनले बताए।

प्रकाशित मिति: : 2025-01-01 17:21:00

प्रतिकृया दिनुहोस्