बैतडीमा ४.६ म्याग्निच्युडको भुकम्प

बैतडीमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भुकम्प गएको छ।

बैतडीको सिगास गाउँपालिका न्वाघर केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। भुकम्पको कारण कुनै धनजनको क्षति भएको छैन।

पछिल्लो समय बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ।

प्रकाशित मिति: : 2024-12-31 09:39:00

प्रतिकृया दिनुहोस्