बिएल संवाददाता
लेखक तथा साहित्यकार अमर अधिकारीको जीवनीमा आधारित पुस्तक लोकार्पण भएको छ।
कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मजयन्तिको अवसर पारेर २०८१ पुस १५ गते लेखक-साहित्यकार अमर अधिकारीका बारेमा डा. घनश्याम पुडासैनीले लेखेको पुस्तक ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ लोकार्पण गरिएको हो।
तारकेश्वर नगरपालिका वडा नं. १० स्थित मनमैजु साँस्कृतिक समाजमा पुस्ताक लोकार्पण भएकाे थियाे। लाेकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्वसचिव तथा गीतकार डा. दामोदर रेग्मीले सरकारी सेवाको सिलसिलामा लेखक डा. पुडासैनी र पुस्तकका पात्र अमर अधिकारीलाई २५ वर्षदेखि नै चिन्दैआएको र दुवै जना असल सहकर्मी रहेको कुरा स्मरण गर्दै प्रस्तुत पुस्तक सङ्ग्रहयोग्य रहेको बताए।
समारोह समाजका अध्यक्ष तथा सङ्गीतकर्मी ध्रुवराज खड्काले पुस्तकमाथि छोटो विवेचना गरिएको थियो भने पुस्तकका प्रकाशक दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष एवं समारोहका विशिष्ठ अतिथि राम प्रसाद पन्तले आफ्नो मन्तब्य व्यक्त गरेका थिए।
पछिल्लो समय एकवर्षको अवधिमा अमर अधिकारीका दुईसयभन्दा बढी लेख-रचनाहरु प्रकाशन भएको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया