दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९६ पुगेको छ।
१७५ यात्रु र ६ जना चालक दलका सदस्य बाेकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एअरको बोइङ ७३७ विमानमा दक्षिण कोरियाकाे मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा ९६ जनाको मृत्यु भएको र २ जनाको सकुशल उद्धार गरिएको जनाइएकाे छ। एक जना चालक दलको सदस्य र एक यात्रुको उद्धार भएको हाे।
बीबीसीका अनुसार दक्षिण पश्चिममा पर्ने मुआन विमानस्थलको रन वेबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो।
विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिकहरू रहेका बीबीसीले उल्लेख गरेकाे छ।