विदेशमा बसेका नेपालीहरूलाई सुसंस्कार सिकाउन आवश्यक: डा. रुइत

डा.सन्दुक रुइतले देश भन्दा बाहिर बसेका नेपालीहरूलाई सुसंस्कार सिकाउन आवश्यक रहेको बताएका छन्।

शुक्रबार हेल्प नेपाल नेटवर्क नेपालको रजत जयन्ती वार्षिकोत्सवमा बेल्दै उनले सबै नेपालीले नेपालीपन मन पराउने हुँदा सुसंस्कार सिकाउन र सुशासनमा रहन आवश्यक रहेको बताएका हुन्।

‘आज नेपालीहरू नेपालमा होईन, संसारको विभिन्न देशमा छन् तर पनि सबै नेपालीहरूले नेपालीपन मन पराउछन्’, उनले भने ‘बाहिर बस्नु हुने नेपालीलाई म के भन्न चहान्छु भने तपाईंहरूले नेपालको हरेक तहमा भएका मानिसलाई सूसंस्कार सिकाउनु, सुशासन त आवश्यक भइहाल्यो।’ 


 

प्रकाशित मिति: : 2024-12-28 19:22:00

प्रतिकृया दिनुहोस्