मोरङको उर्लाबारी–९ थक्लुङ चोकमा खेल मैदान बनाउन स्थानीय चन्द्र छाराहाङ राईले स्वर्गीय बुबा हस्तबहादुर राईकाे सम्झनामा १ बिघा ५ कट्ठा जग्गा दान गरेका छन्।
उक्त जग्गामा खेल मैदान बनाउन सुरु पनि गरिएकाे छ। हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतिष्ठान स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न नामक समितिले शनिबार जेसिभी लगाएर खेल मैदान जाने बाटो बनाउने र मैदान मर्मत सम्भारको काम सुरु गरेको हाे।
मैदान बनाउन यस अघि नै स्थानीय युवा व्यवसायी तथा युवा समाजसेवी अमृत थक्लुङको अध्यक्षतामा समिति गठन भएको थियाे।
हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतिष्ठान स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न समितिको उपाध्यक्षमा शान्ति राई, सचिवमा शिक्षावी गजेन्द्र राई, सहसचिवमा पुर्ण बहादुर दाहाल र कोषाध्यक्षमा चित्रकला खवास (मिना) रहेका छन्।
यस्तै सदस्यहरुमा योगेस प्याकुरेल,ओम दर्लामी मगर, लोकेन्द्र बहादुर लिम्बू र कोपिला राई रहेका छन्।
सचिव गजेन्द्र राईले मैदानका लागि जग्गा उपलब्ध गराउनुहुने जग्गादाता र देशबिदेशबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद प्रकट गरे।
उनले मैदान निर्माणका लागि सहयोगको अपिल समेत गरे।
बुबाको स्मृतिमा जग्गादान गरेका छोरा चन्द्र छाराहाङ राईले भने– ‘हाम्रो पिता पुर्खाको नाम अमर रहन्छ, स्थानीय स्तरमा खेल खेल्ने मैदान बन्छ भने किन सहयोग नगर्ने?’