नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो।
सुन आज तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो।