स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले बनेको सरकारले आम नागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न नसके कुनै पनि सरकारले काम गर्न नसक्ने बताएका छन्।
बुधबार सञ्चारिका समूह नेपालले आयाेजना गरेकाे एक विशेष समारोहमा बाेल्दै उनले एमाले र कांग्रेसको सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु भएको बताएका हुन्।
उनले भने, ‘अहिले कांग्रेस र एमालेको सरकार बनेको छ। झण्डै दुई तिहाईको सरकार बनेको छ। यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न सकेन भने अब योभन्दा बलियो फरक परस्थितिको अनुमान गर्न सक्ने र त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिति हुँदैन। त्यसैले यो सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु हो।’