नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन्। इटहरीमा सम्पन्न ५१औं महाधिवेशनबाट अर्का प्रतिस्पधी जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन्।
थापाले ७६२ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कार्की ४५३ मतमा सिमित रहे। यसअघि थापा जेसीज वर्ष २०२४ का अध्यक्ष रबिन केसीसँग पराजीत भएकी थिईन्।
यस्तै जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, र सौरभ श्रेष्ठ निर्वाचित भए।
यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन्।
मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी उनी यसअघि विभिन्न क्षेत्रमा नेतृत्व गरिसकेकी छन्।
नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा (१७ जना निर्वाचित) एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने तीन जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ।