बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) सचिवालयकाे आकस्मिक बैठक बाेलाएकाे छ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएपछि रास्वपाले सोमबार अपरान्ह ४ बजे बस्ने गरी आकस्मिक बैठक बोलाएको हाे। बैठक भर्चुअल माध्यमबाट बस्नेछ।
बैठकमा सभापति लामिछानेमाथि लागेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुनेछ भने पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने बताइएकाे छ।
सभापति लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरेकाे थियाे।
उनलाई बयानका लागि आजै अदालतमा उपस्थित गराइसकिएको छ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया