बिएल संवाददाता
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएकाे छ।
पौडेललाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ।
पूर्वगृमन्त्रीसमेत रहेका लामिछानेले सहकारीबाट हिनामिना गरेको रकम निकिताको खातामा जम्मा गरेको आराेप छ।
सम्पत्ति जफत प्रयोजनका लागि निकितासहित पद्मा बन्जाडे जोशी, रोचक जोशी, राथा पछाई, गिता पछाईलाई प्रतिवादी कायम गरिएकाे छ।
‘जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएका प्रतिवादीहरु पद्मा बन्जाडे जोशी, रोचक जोशी, राथा पछाई, गिता पछाई, निकिता पौडेलको हकमा तहाँ सम्मानित अदालतबाटै कानून बमोजिम हुन एवं प्रतिवादी महलमा उल्लेखित कम्पनीहरुको हकमा समेत कानून वमोजिम बुझि पाउन सादर अनुरोध छ’, अभियोग पत्रमा उल्लेख छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध आइतबार ३ वटा कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएकाे छ।
उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकाे हाे।
त्यस्तै, जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै प्रतिवादी बनाइएकाे छ।
जिल्ला अदालत कास्कीमा आइतबार दायर भएको मुद्दामा पुनलाई पनि सो अभियोगमा प्रतिवादी बनाइएको हो। पुनले सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैरकानुनी लाभ लिने गरेको जिल्ला सरकारी वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया