भिडियो बनाउन खोलामा पसेका शिक्षिका र विद्यार्थीको मृत्यु

फाइल फाेटाे
फाइल फाेटाे

तेह्रथुममा भिडियो बनाउन खोलामा पसेका शिक्षिका र विद्यार्थीको डुबेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा मेन्छेयायेम गाउँपालिका ५ स्थित गौखुरी माविकी शिक्षिका २४ वर्षीया रविना राजबंशी र विद्यार्थी १४ वर्षीया सुस्मिता भट्टराई रहेका छन्। 

शनिबार शिक्षक, विद्यार्थीको समूह विद्यालय नजिकै खोरुङ्गा हाइड्रोपावर खोलामा घुम्न गएको थियो।

त्यसैक्रममा भिडियो बनाउने भन्दै ३ जना खोलातिर गएको र दुई जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमकी डिएसपी चिनिमायाँ तामाङले बताइन्। 

फोटो खिच्न सँगै गएका अर्का एक जनाले उनीहरू डुबेको खबर गरेपछि स्थानीयले दुवै जनालाई मृत अवस्थामा निकालेका थिए। 

विद्यार्थी स्थानीय हुन् भने मृतक शिक्षिका भने विराटनगरकी बासिन्दा भएको बताइएको छ। 

प्रकाशित मिति: : 2024-12-21 19:46:00

प्रतिकृया दिनुहोस्