हिरासतबाट छुटे दुर्गा प्रसाईं

File Photo
File Photo

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्।

शुक्रबार सर्वोच्च अदालतकाे आदेशपछि प्रसाईं नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतबाट रिहा भएका हुन्।

व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई छाड्न आदेश दिएको थियाे।

‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोकाे टाेलीले मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियाे।

मंसिर २७ गते काठमाडाैँ जिल्ला अदालतले साइबर अपराधमा धराैटीमा छाड्न आदेश दिएपनि प्रसाईंलाई प्रहरीले फेरि आपराधिक विश्वासघातको कसूरमा पक्राउ गरेकाे थियाे।

उक्त पक्राउका विरुद्धका प्रसाईंका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंलाई पक्राउ गरिएकाे विषयमा कारण देखाउ आदेश जारी गर्दै साथमा बन्दीलाई पनि आदालतमा उपस्थित गराउन आदेश गरेकाे थियाे।

सर्वोच्चले दिएकाे आदेशअनुसार प्रसाईंलाई शुक्रबार अदालतमा उपस्थित गराइएको थियाे। सर्वोच्चले प्रसाईंलाई रिहा गर्न आदेश दिएसँगै उनी छुटेका हुन्। 

प्रकाशित मिति: : 2024-12-20 18:48:00

प्रतिकृया दिनुहोस्