मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा आज बुधबार सुनुवाइ हुँदैछ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त मुद्दाकाे सुनाइ गर्दैछ।
साइबर अपराधमा धराैटीमा छुटेका प्रसाईंलाई अन्य मुद्धामा प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट अनुसन्धानका लागि म्याद थपका लागि अनुमति पाएकाे थियाे।
अर्को मुद्धामा म्याद थप भएपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। साेही निवेदनमाथि आज सुनाइ हुन लागेकाे हाे।
प्रहरीले दुःख दिने मनसाय राखेर दुर्गा प्रसाईंलाई पक्राउ गरेको भन्दै नीराजनले सर्वोच्चमा निवेदन दर्ता गराएका थिए।