प्लेअफ सम्भावना सकिएकाे विराटनगरसँग काठमाडुलाई जित्नैपर्ने दबाब

Break n Links
Break n Links

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) पनि दुई खेल हुँदै छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा शीर्ष चारको दौडबाट बाहिरिसकेको विराटनगर किंग्स र प्लेअफ सम्भावना रहेको काठमान्डु गुर्खाज भिड्दै छन्।

शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडु प्लेअफ सम्भावना कठिन बनेको हो।

काठमाडौं ६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ। ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ। विराटनगर भने चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ।

आजको दास्रो खेलमा दिउँसो पोखरा र सुदूरपश्चिम भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ। प्लेअफ दौडबाट बाहिरिएको पोखराको अन्तिम खेल हो भने सुदूरपश्चिमले अर्को खेल कर्णालीसँग खेल्न बाँकी नै छ।

प्रकाशित मिति: : 2024-12-15 07:33:00

प्रतिकृया दिनुहोस्