काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ। महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो।
दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने सबैमा कृतज्ञता व्यक्त गरेका हुन्।
उनले भने, ‘आज यो ३० औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो। महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा सबैले सहयोग पुर्याउनु भएको छ। महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाई कर्मचारिहरूलाई धन्यवाद दिन चाहन्छु। काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। काठमाडौं महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु। सबैले महानगरको लागि शिक्षा, स्वस्थ्य, सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनु भएको छ।’
साथै उनले यो महानगरपालिका आफैंमा राजधानी भएको बताए। उनले राजधानी बासीका लागि मात्र नभएर यो महानगरपालिका ७७ वटै जिल्लाबाट आउने सम्पूर्ण नागरिकहरूको आफ्नो राजधानी बन्न सकोस् भनेर शुभकामना ब्यक्त गरेका छन्।