बिएल संवाददाता
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ।
शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यस्ताे निष्कर्ष निकालेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
यसैगरी बैठकले माओवादी केन्द्रमा प्रवेश गर्नेलाई उचित स्थान दिने निर्णय गरेको छ।
यसअघि माओवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको निष्कर्ष निकाल्दै अब भने क्षमताका आधारमा उचित स्थान दिने निर्णय स्थायी समितिले गरेको छ।
त्यस्तै बैठकले केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने गरी मिति तय गरेको छ। यसअघि पुस २ गतेदेखि सुरू हुने भनिएको बैठक खबरदारी सभा र पालीका सम्मेलन मंसिर मसान्तभित्र सम्पन्न हुन नसकेकाले केन्द्रीय समिति बैठक पुस २१ गतेदेखि बस्नेगरी तय भएको प्रवक्ता सापकोटाले बताए।
केन्द्रीय समितिको तयारीका लागि स्थायी कमिटी बैठक पुष १८, १९ र २० गते बस्ने उनले बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया